Comments Add Comment

Advertisment

SKIP THIS

सारालाई वर्कसप, जसितालाई सिधै छायांकन

०३ जेठ , काठमाडौं । केही समयदेखि कलाकारहरू निस्किने र अनुबन्धित हुने खबरका कारण चर्चामा रहेको फिल्म ‘हनी बनी’ को छायांकन बेलायतमा सुरु भएको छ ।

लन्डन, आयरल्यान्ड, वेल्स लगायतका क्षेत्रमा फिल्म छायांकन गर्ने तयारीका साथ छायांकन सुरु भएको हो । फिल्मका लागि नेपालमा २ महिना वर्कसप गरिएता पनि जसिता गुरुङ साइन भएको केही दिनमै छायांकन सुरु गरिएको छ । सारा सिर्पालीको लागि दुई महिना वर्कसपमै समय खर्चेका निर्देशक दिवाकर भट्टराईले जसितालाई लिएर हतार-हतारमा छायांकन सुरु गरे ।

साराले २ महिना वर्कसप गरेर बेलायतको भिसा नपाएर फिल्म छाड्नुपरेपछि दिवाकरले बेलायत निवासी जसितालाई साइन गरेका थिए । जसिता बेलायत निवासी भएकै कारण फिल्ममा छानिएकी हुन् । साराका लागि २ महिनाको वर्कशप गराएता पनि जसितालाई लिएर छिटै छायांकन गर्नुको कारण दिवाकरले नै जानून् ।

साथै ओभरसिजमा छायांकन हुँदा कथा, कलाकार परिवर्तन हुने प्रचलन नेपाली फिल्मको लागि नौलो पनि होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै