एसएसपी अशोक सिंहले राम्रो काम गरेर सबैको मन जितेर बिदा भए -
Comments Add Comment

एसएसपी अशोक सिंहले राम्रो काम गरेर सबैको मन जितेर बिदा भए

२ पुष काठमाडौ । प्रहरी अधिकारीहरुले नेतृत्व गरेको जिल्ला,प्रदेश वा विभागको कार्यकाल सकिदै गर्दा केही न केही छाप छाडेर जान्छन् ।

अझ जिल्ला नेतृत्व गरेर विदा हुने बेला प्रहरी अधिकारीहरुको प्रंससा पाउने भन्दा आलोचना पाउने धेरै हुन्छन । विभिन्न कारणले आलोचना पाउने प्रहरी अधिकारीहरु धेरै नै हुन्छन ।

तर त्यस्ता केही प्रहरी अधिकारीहरु छन,जसको विदाई तथा सरुवामा मातहतका कर्माचारी तथा स्थानिय नागरिकहरु असाध्यै नरमाइलो अनुभुति गर्छन ।

नेपाल प्रहरीमा इमानदार र व्यावसायिक प्रहरी अधिकृतको छवि बनाउन सफल एसएसपी प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहको विदाई कार्यक्रममा काठमाडौंबासी र मातहतका कमाचारीले त्यस्तै अनुभुति गरे ।

महानगरीय प्रहरी कार्यालय टेकुमा आफ्नु कार्यकाल सफल बनाएर आज बाट बिदा लिएका छन् । एसएसपी अशोक सिंहको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ । आज एक समारोहका विच काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनाली लगायतका प्रहरी कर्मचारीहरूले बिदाई गर्नु भयो ।

महानगरीय प्रहरी परिसर टेकु,काठमाडौं बाट प्रहरी प्रधान कार्यालयमा सरूवा भई जान लाग्नु भएका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहलाई कार्यालयको तर्फबाट (एसपी)दिनेश मैनालीले मायाको चिनो प्रदान गरी विदाई गर्नु भएको थियो ।

बिदाई कार्यक्रममा महानगरीय प्रहरी परिसर टेकु,मातहत प्रहरी वृत्त कार्यालय प्रमुखहरू, सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कार्मचारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment