१५ कार्तिक , काठमाडौं । अभिनेता अनमोल केसीको अभिनय रहेको फिल्म ‘छड्के २’ फागुन १९ बाट प्रदर्शन हुने भएको छ ।
आज निर्माण युनिटले फिल्मको एक पोष्टरसहित फिल्मको रिलिज मिति सार्वजनिक गरेका हुन । ‘छड्के २’ अनमोल ग्याङस्टारको भूमिकामा देखिन लागेको फिल्म हो ।
निगम श्रेष्ठको निर्देशन रहेको फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, रेशा आलेमगर लगायतको अभिनय छ । फिल्मको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ हुन् ।



