Comments Add Comment

Advertisment

SKIP THIS

युक्रेनका युद्ध ग्रसित क्षेत्रबाट उद्धार कार्य नहुने

०५ बैशाख , काठमाडौं । युक्रेनी उप प्रधानमन्त्री इरिना भेरेश्चुकले सोमबार युद्ध ग्रसित क्षेत्रबाट उद्धार कार्य नहुने बताएकी छिन् । युक्रेनी र रुसी अधिकारीबीच मानवीय कोरिडोरलाई लिएर सहमति नजुटेपिछ दोस्रो दिन पनि उद्धार कार्य नहुने भएको बीबीसीले जनाएको छ ।

सुरक्षालाई मध्यनजर गर्दै साेमबार मानवीय कोरिडोर नखोल्ने निर्णय गरिएको भेरेश्चुकले टेलिग्राममा जानकारी दिएकी हुन् । निकासको बाटोमा उनले रुसी फौजले बम आक्रमण लगायत विभिन्न बाधा उत्पन्न गरेको आरोप पनि लगाइन् ।

यस्तै पश्चिम युक्रेनको लभिभ शहरमा उद्धार गरेर राखिएका युक्रेनी बसेको होटल नजिकै सोमबार बिहान रुसी मिसाइलद्वारा आक्रमण भएको मेयर एन्ड्री सादभीले बताए ।

सो आक्रमणले ६ जनाको मृत्यु भएको जनाइएको छ । त्यस्तै आक्रमणमा ११ जना घाइते भएको सादभीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै