Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा आसरा सुधारकेन्द्र रानीबारीको २५औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

१ असोज ,काठमाडौ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २५औं वार्षिकोत्सव तथा रजतजयन्ती कार्यक्रम केन्द्रको कार्यालय रानीबारीमा शुक्रबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्री एवम् केन्द्रकी अध्यक्ष श्रीमती सिर्जना थापाले केन्द्रलाई महत्वपूर्ण योगदान पुर्‍याउनुहुने केन्द्रकी पूर्व अध्यक्ष श्रीमती सीमा अर्याल, पूर्व प्रहरी नायव महानिरीक्षक विमला थापा र केन्द्रकी पूर्व सचिव श्रीमती रम्भा लामालाई सम्मानपत्र प्रदान गर्नुभयो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कार्यकारिणी समितिका पदाधिकारीलाई सम्मानपत्र, केन्द्रको वार्षिक गतिविधिमा सहयोग गर्ने नेपाल प्रहरी अस्पताल, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग केनाईन महाशाखा महाराजगंज, महानगरीय सशस्त्र प्रहरी गण महाराजगंज र चिकित्सक तथा चिकित्सा मनोविद समेतलाई प्रशंसापत्र एवम् केन्द्रको सुरक्षा एवं व्यवस्थापन कार्यमा योगदान पुर्‍याउने प्रहरी कर्मचारीहरु तथा उत्कृष्ट परामर्शदातालाई कदरपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा उहाँले उक्त केन्द्रको वार्षिक प्रकाशन ‘आसरा दर्पण’ को विमोचन समेत गर्नुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले लागूऔषध सेवनकर्ताको उपचार र पुनर्स्थापनाको जिम्मेवारी नेपाल प्रहरीको कार्यक्षेत्र भन्दा फरक रहेको चर्चा गर्दै नेपाल प्रहरी श्रीमती संघद्वारा संचालित यस केन्द्रले स्थापनाकाल देखिनै निर्वाह गरेको भूमिका सामाजिक सुधार र सामाजिक सेवाको दृष्टिबाट महत्वपूर्ण पहिचान बनाएको बताउनुभयो । साथै लागूऔषध दुर्व्यसनीमा फसेका मानिसहरूलाई नयाँ जीवन दिन केन्द्र सफल रहेको उहाँले उल्लेख गर्नुभयो ।

लागूऔषध समस्या विश्वकै साझा समस्याको रूपमा देखा परेकोले यसको दुर्व्यसन, उत्पादन, खरीद बिक्री, सञ्चय, ओसारपसार र उपभोगको वृद्धि एक साझा चुनौतीको विषय भएको बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कुलतमा फसेका युवा शक्तिलाई राष्ट्र निर्माणको बाटोमा ल्याउनु सबैको सामाजिक दायित्व रहेको बताउनुभयो ।

सो अवसरमा काठमाडौं महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दिपक केसीले मन्तव्य व्यक्त गर्दै केन्द्रलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, केन्द्रका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment