Comments Add Comment

Advertisment

SKIP THIS

सहकारी फोडेर सात लाख चाेर्ने तीन जना जेल चलान, एक जना धरौटमा रिहा

८ वैशाख , काठमाडौ । जिल्ला प्रहरी कार्यालय मोरङले सहकारी तोडफोडको आरोपमा पक्राउ परेका ४ जनामध्ये ३ जना जेल चलान भएको जानकारी दिएको छ ।

मोरङको ग्रामथान २ मा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्थाको डोका फोडेर सात लाख ७७ हजार चोरी गरेको आरोपमा ३ जना जेल चलान भएका हुन् । पक्राउ परेकामध्ये एक जना धरौटीमा रिहा भएका छन् ।

मोरङ जिल्ला अदालतको आदेश बमोजिम दिलिप कुमार चौधरी, इरज धामी र मिथुन पासवानलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिए ।

अदालतको आदेश बमोजिम मिथिलेश महतो भने दुई लाख धरौटीमा छुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment