Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी कार्यालयभित्रै बलात्कार आरोपमा भक्तपुरका प्रहरी हवल्दार जेल चलान

३२ साउन , काठमाडौ । प्रहरी कार्यालयमै बलात्कार गरेको आरोपमा प्रहरीका हवल्दार जेल चलान भएका छन् । भक्तपुरको कमलविनायक बिटमा कार्यरत हवल्दार नवराज श्रेष्ठ जेल चलान भएका हुन् ।

उनले गत २९ असारमा एक नाबालिकालाई प्रहरी बिटभित्रै बलात्कार गरेको अभियोग छ । गत २५ साउनमा भक्तपुर जिल्ला अदालतले श्रेष्ठलाई जेल चलानको आदेश दिएको छ ।

प्रहरीका अनुसार ती किशोरी र एक युवक रातको समयमा कलमपोखरी छेउमा गफ गरिरहेका थिए । त्यही क्रममा हवल्दार श्रेष्ठ समेतले उनीहरुलाई पक्राउ गरे ।

केटालाई छाडेकोमा केटीलाई त्यही राखेर उनले राती बलात्कार गरेको उजुरी परेको थियो । सोही आधारमा भोलिपल्टै प्रहरीले उनलाई पक्राउ गरी मुद्दा दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment