Comments Add Comment

Advertisment

SKIP THIS

अवकाशको दुई साताअघि कोरिया घुम्दै पर्यटन सचिव र एनटिबीका सीईओ

१ श्रावण , काठमाडौं । काठमाडौं। पर्यटन सचिव महेश्वर न्यौपाने र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मी रकमान्तरबाट पैसा मिलाएर कोरिया घुम्न जाने भएका छन्। सरकारले दिएको बजेटबाट बोर्डले बेग्लै शिर्षकमा छुट्टाएको बजेटबाट रकमान्तर गरेर खर्च निकाल्दै सचिव, बोर्डका सिइओ रेग्मीसँगै बोर्डकै केही पदाधिकारी व्यक्तिगत भ्रमणका लागि कोरिया जान लागेको स्रोतले जानकारी दिएको छ।

सचिव न्यौपाने अवकाश हुनुभन्दा एक साताअघि नै बोर्डका प्रमुख कार्यकारीको सेटिङमा यो व्यक्तिगत भ्रमण तय भएको बोर्ड संचालक समितिका एक सदस्यले बताए। ‘यो पर्यटन बोर्डको कार्यक्रम नै होइन। विश्वभर एक सय २० वटाभन्दा बढी मुलुकसँग सम्बन्ध छ। बोर्डका अधिकारीहरु प्रवर्द्धनका लागि विदेश जाने हो। तर यो विशुद्ध व्यक्तिगत भ्रमण हो,’ उनले भने।अघिल्लो वर्षको बजेट मै नभएको कार्यक्रममा बोर्डबाट पैसा मिलाएर सचिवसहितको निकट टिम कोरिया घुम्न जान लागेको उनको भनाइ छ। ‘जिम्मेवार मन्त्रालय र संस्थाकै प्रमुख यसरी अनावश्यक घुमफिरमा संस्थाको पैसा उडाइरहेका छन्,’ उनले भने।

आठ महिना अघिदेखि विभिन्न गल्ती पुष्टि भएर कार्यकारी प्रमुख रेग्मी विवादमा पर्दै आएका छन्। उनलाई यसअघिका पर्यटन मन्त्री आलेकै पालामा निलम्बनसम्मको कारबाहीको प्रक्रिया अघि बढाइएको थियो। तर उनी पटकपटक कारबाहीबाट भने जोगिँदै आएका छन्। उनीमाथि कारबाही नहुनुमा पर्यटन सचिव न्यौपानेकै संरक्षण र बोर्डको कारबाही गर्ने निर्णयमा असहयोग रहँदै आएको बताइन्छ।रेग्मीलाई कारबाही अघि बढाउनुको साटो सात महिनाअघि कारबाहीका लागि अख्तियारमा सिफारिस गरेका बोर्डका अध्यक्ष महेश्वर न्यौपानेसँगै बोर्ड सदस्य पनि पन्छिँदै आएका छन्।२०७८ माघ २८ मा बसेको पर्यटन बोर्डको कार्यकारी समितिको ३१९औं बैठकले छानबिन गर्न अख्तियारमा सिफारिस गर्ने निर्णय गरेको थियो। तर यो कागजपत्रै नबुझाई अड्काएर राखिएको जनाइएको छ।रेग्मीविरुद्ध नैतिक आचरण, पदीय दूर्व्यवहार र आर्थिक अनियमितता गरेको बोर्डमा उजुरी परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै