प्रचण्ड आज जनकपुर जाँदै -
Comments Add Comment

प्रचण्ड आज जनकपुर जाँदै

८ चैत , काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)आज जनकपुर जाँदै छन् ।

नेकपा माओवादी केन्द्रले आज जनकपुरमा आयोजना गर्न लागेको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न उनी त्यसतर्फ जान लागेका हुन् । जनकपुरधाममा पहिलोपटक हुन लागेको प्रशिक्षण कार्यक्रममा करिब दुई हजार ५०० जना नेता तथा कार्यकर्ताको सहभागिता रहने माओवादी केन्द्र मधेश प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी जनकपुरस्थित तिरहुतियामा सो कार्यक्रम गर्न लागिएको उनले बताए ।

सो प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रको मधेश प्रदेशमा रहेका केन्द्रीय सदस्यहरू, प्रदेश समितिका प्रतिनिधि, जिल्ला समितिका प्रतिनिधि, जनवर्गीय संगठनका प्रतिनिधिलगायतको सहभागिता रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै