Comments Add Comment

Advertisment

SKIP THIS

नक्कली दस्तखत गरेर अर्काको खाताको १० लाख निकाल्ने एक जना पक्राउ

चेकमा नक्कली छाप र दस्तखतको प्रयोग गरी बैंकबाट पैसा निकालेको आरोपमा कालिमाटी प्रहरी वृत्तले एक जनालाई पक्राउ गरेको छ् ।   

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका वडा नं ६ घर भई हाल ललितपुरको सातदोबाटो बस्ने वर्ष २१ का वाशुदेव अर्याल रहेको प्रहरी वृत्त कालीमाटीका डिएसपी अनिल घिमिरेले बताए ।

अर्यालले फल्कोनाइड इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिको नक्कली छाप र सञ्चालक प्रकाशराज भण्डारीको नक्कली दस्तखत प्रयोग गरी नेपाल एसबीआई बैंकको खाताबाट पटक पटक गरी १० लाख ३५ हजार रुपैयाँ निकालेको प्रहरीको दाबी छ ।

डिएसपी अनिल घिमिरेका अनुसार अर्यालको साथबाट पत्रकार परिचय पत्र भने बरामद भएको छ । सूचना विभागबाट जारी भएको ‘तिखोकलम डट कम’ नामक सञ्चार संस्थाको ३०८३७ नम्बरको पत्रकार परिचय पत्र समेत फेला परेको छ ।

अर्यालले सौरभ डंगोलको सवारी चालक अनुमति पत्र फेला पारी सोही नाम र सोही सवारी चालक अनुमति पत्रको प्रयोग गरी रकम निकाल्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै