डीआईजी बज्राचार्यद्वारा प्रहरी परिचालन सम्बन्धी अनुगमन तथा निर्देशन -
Comments Add Comment

डीआईजी बज्राचार्यद्वारा प्रहरी परिचालन सम्बन्धी अनुगमन तथा निर्देशन

२९ कात्तिक , काठमाडौ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) किरण बज्राचार्यले मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मकवानपुर जिल्लामा प्रहरी परिचालनको अवस्थाबारे जानकारी लिएकी छन् ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा आज आयोजित एक कार्यक्रमकाबीच प्रदेश प्रहरी प्रमुख बज्राचार्यले निर्वाचन सुरक्षामा परिचालन हुने प्रहरी कर्मचारी तथा म्यादी प्रहरीहरूलाई आवश्यक निर्देशन दिनुका साथै निर्वाचनलाई निष्पक्ष, भयरहित र विश्वसनीय ढंगले सम्पन्न गर्न तयार गरिएको सुरक्षाव्यवस्थापनको बारेमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग समेत आवश्यक छलफल गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment