Comments Add Comment

Advertisment

SKIP THIS

२४ घण्टामा देशभर २४६ जना संक्रमित

१७ मंसिर , काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर २४६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

७ हजार ८३६ जनामा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । सो अवधिमा मृतकको संख्या भने शून्य रहेको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २२ हजार १७२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ५६९ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ८ लाख ३ हजार ७१६ जना निको भएका छन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५३५ जना रहेको छ भने सक्रिय संक्रमित देशभर झण्डै ७ हजार जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै