Comments Add Comment

Advertisment

SKIP THIS

थाई गुम्बाको पर्खाल भत्किँदा एक नाबालिकाको मृत्यु

२८ असार ,काठमाडौ । दक्षिणकालीस्थित थाई गुम्बाको पर्खाल भत्किँदा घाइते भएकी एक नाबालिकाको मृत्यु भएको छ।

दक्षिणकाली नगरपालिका–५ स्थित थाई गुम्बाको पर्खाल भत्किँदा घाइते भएकी एक नाबालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा दक्षिणकालीकै मनमोहन अस्पतलामा उपचाररत नाबालिका रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनी केही समय बेपत्ता भएर अन्तिममा प्रहरीले घाइते अवस्थामा उद्दार गरेको थियो । गुम्बाको पर्खाल भत्किँदा ६ जना नाबालिकाहरु पुरिएका थिए ।

उनीहरु मध्ये ५ जनाको भने बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै