सिरहामा खुकुरी प्रहार गरी एक महिलाको हत्या -
Comments Add Comment

सिरहामा खुकुरी प्रहार गरी एक महिलाको हत्या

२ चैत , काठमाडौ । सिरहामा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ ।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुरकी अन्दाजी ४० वर्षीया कुनिया देवी दासको आज साढे ३ बजेतिर हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र राज पाण्डेले बताए ।

डीएसपी पाण्डेका अनुसार श्रीमान् श्रीदेव दासले कुनिया देवीको घाँटीमै खुकुरी प्रहार गरी हत्या गरेकोले उनको घटनास्थलमै मृत्यु भएको छ । श्रीमान श्रीदेवलाई घटना लगतै प्रहरीले पक्राउ गरेको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय लहानको टोली पुगेर अनुसन्धान गरिरहेको छ । घरासयी विवादमा हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

योसँगै एकसाता भित्रै सिरहामा श्रीमानबाट तीन महिलाको हत्या भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment