Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको कपनमा दिउँसै चक्कु हानी महिलाको हत्या

७ वैशाख , काठमाडौ । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा चक्कु प्रहारबाट एक महिलाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो पसलमा बसिरहेकी निरु पाण्डे भट्टराईमाथि चक्कु प्रहार भएको थियो । चक्कु प्रहारमा घाइते भएकी ती महिलाको उपचारका लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारका लागि लगिएको थियो ।

अस्पताल पुर्याएपछि केहीबेरमा डाक्टरले मृत्यु भएको घोषणा गरेको हो । प्रहार गर्ने व्यक्ति फरार छन् । घटनाबारे प्रहरीले अनुसान्धन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment