तुलसीपुरमा दिउँसै खुकुरी प्रहार गरेर महिलाको हत्या, दुई घाइते -
Comments Add Comment

तुलसीपुरमा दिउँसै खुकुरी प्रहार गरेर महिलाको हत्या, दुई घाइते

६ असोज , काठमाडौ । दाङको तुलसीपुरमा शनिवार दिउसै खुकुरी प्रहारबाट एक महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराका ३८ वर्षीय टेकबहादुर हमालले खुकुरी प्रहार गर्दा तुलसीपुर–११ कै ४३ वर्षकी रिता लामिछानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिए ।

आफ्नै घरअगाडि उभिरहेको अवस्थामा अन्धाधुन्ध खुकुरी प्रहार गर्दा रिताको घटनास्थलमै मृत्यु भएको र सोही ठाउँका ४५ वर्षीय वीरबहादुर हमाल र ६५ वर्षीय वृद्धा कमला कुमारी हमाल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते दुवै जनाको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको प्रहरीले बताएको छ।

प्रहरीले खुकुरी प्रहार गर्ने टेकबहादुर हमाललाई उनकै घरभित्रबाट खुकुरीसहित पक्राउ गरेको छ। देवी उत्रेको भन्दै उनले खुकुरी प्रहार गरेको बताइए पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment