२० भदौ , काठमाडौं । पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री शिबराम श्रेष्ठको दादागिरीले भूपू सैनिक शेरजङ गुरुङ थुनामा शीर्षक लेखले आजको सामाजिक संजाल छापिएको छ । उनी सुरक्षाकर्मीसहित ठमेलस्थित क्यानेडियन भिसा सेन्टर पुग्दा त्यहाँ मानिसहरुको भिडभाड थियो । सवैजना लाइनमा बसेर आफ्नो पालो कुरिरहेका थिए । उता सुरक्षामा खटिएका भुपू सैनिक शेरजङ भने हतार हतारमा लाइनको ब्यबस्था गर्दै थिए । अचानक मन्त्री शिबराम श्रेष्ठ पनि आफ्ना अंगरक्षकसहित त्यहाँ पुगे । र, लाइन मिच्दै उनको टोली अगाडि बढ्यो । सुरक्षा इन्चार्ज शेरजङले सामान्य नागरिकजस्तै लाइनमा बसेर जान आग्रह गरे । तर, त्यही कुरालाई लिएर मन्त्री श्रेष्ठले आफुलाई मानहानी अपमान गरेको भनेर पूर्वाग्रही ठाने । उल्टो शेरजङलाई नै हिर्काउन जाइलागे । पछि गुरुङ बिरुद्द मन्त्रीलाई अभद्र व्यवहार गरेको भनेर प्रहरी प्रशासन कार्यालयबाट जाहेरी तयार पारियो । र, जिल्ला प्रशासन कार्यालय, काठमांडौबाट ५ दिन म्याद थप गरी अनुसन्धानको प्रकृया अघि बढाइएको कुरा कान्तिपुर दैनिकमा उल्लेख छ ।
शेरजङ गुरुङ पूर्वसैनिक हुन । सेनामा रहँदा पनि भीभीआईपीहरुको सुरक्षार्थ तैनाथ हुने र प्रशासनिक क्षेत्रमासमेत दख्खल गुरुङ एक शिक्षित ब्यक्ति पनि हुन । उनले सामान्यरुपमा मन्त्रीज्यू नियम सवैलाई बरावर हो , कृपया लाइनमा बसिदिनुहोला किनकी, भीआईपी आउने पूर्व जानकारी भएन भन्दा मन्त्री श्रेष्ट एक्कासी झम्टिन पुगेका श्रोतले दावी गर्यो । मन्त्रीको यस्तो ब्यबहारले के अझै पनि गणतान्त्रिक नेपालमा हुकुम प्रमांगीको शासन कायमै रहेको हो त ? गत वर्ष नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुट्टे दोश्रो मुलुक जानै लाग्दा बिमानस्थलमा कफी पिउदै थिए । अचानक कप भुँइमा खस्यो र त्यो कफीको कप स्विपरले डस्ट्बीनमा राख्न खोज्दा उनले दिएनन र आफैले राखेर एउटा उच्च ओहदामा पुगेको मानिसमा पनि अनुशासन र नैतिक दायित्व कतिसम्म हुन्छ भन्ने कुराको अवगत सवैमा भयो । तर नेपालमा भने आफ्ना आसेपासेकासाथमा रवाफ देखाएर राज्यको सम्पति लुट्न पल्केका यस्ता लुट्खोर नेताहरु चाँहिदैन भन्दै सामाजिक संजालमा व्यापक बिरोध भैरहेको छ । आफ्नो अपमान महशुस गरी सुरक्षाकर्मीमाथि नै मुक्का प्रहार गर्ने यस्ता नेता कहिलै पनि जनताका प्रतिनिधि हुनै सक्दैनन । आफू नियमबिपरित काम गरी एक सैनिक सुरक्षाकर्मीलाई थुनामा राखेर के समृद्द नेपालको रोडम्याप बनाउन सक्छन यस्ता पदखोरहरुले ?
उता सवैतिरको दवाबपछि संसदको कार्यकाल लम्ब्याउने प्रपंचबाट सरकार पछि हटेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल अब १३ दिन मात्र बाँकि छ । चुनावको मुखमा आएर दाहाललाई शिलान्यास गर्न भ्याइनभ्याई छ । गठबन्धनमा देउवा र दाहालको भित्री रणनीति आफू प्रधानमन्त्री कसरी बन्ने दाउपेचमै लागिपरेका छन । पछि सरकार बन्दा अन्य साना पार्टीले दुधको तर मार्ने हुन कि भन्ने चिन्ता दाहालमा छ । शेरबहादुर भरसक दाहाललाई पन्छाउने रणनीतिमा छन । अब पनि देउवा र दाहाल नै प्रधानमन्त्री बन्ने योजना हो भने तमाम कांग्रेसका कार्यकर्ताले सोच्ने बेला आएको भन्दै भित्रीरुपमा बिरोधका आवाजहरु गुन्जिराखेका छन ।



