Comments Add Comment

Advertisment

SKIP THIS

“विश्वको सबैभन्दा ठूलो अराजकताको स्रोत” : अमेरिकी विदेशी युद्धहरू

२३ असार , काठमाडौँ । कोरियाली प्रायद्वीप युद्ध, भियतनाम युद्ध, अफगान युद्ध… दोस्रो विश्वयुद्धपछि “विश्वको सबैभन्दा ठूलो अराजकताको स्रोत” अमेरिकाले सुरु गरेका धेरै युद्धहरूमा युद्ध अपराधहरू जस्ता विविध किसिमका कुकर्म गरेको छ।

अमेरिकी ब्राउन विश्वविद्यालयको वाटसन इन्स्टिच्युटले निकालेको “युद्धको लागत” परियोजनाको तथ्याङ्क बमोजिम, अमेरिकाले “सेप्टेम्बर ११पछिको युग”मा सुरु गरेको युद्धमा परी मारिएका सैनिक तथा नागरिकको कुल संख्या ९.२९ लाख भन्दा बढी छ, र कम्तिमा ३.८ करोड मानिसहरू घरबारविहिन भएका छन्। वास्तवमा उक्त तथ्याङ्क “धेरै रूढिवादी अनुमान” हो र वास्तविक संख्या ४.९ देखि ६ करोडको बीचमा हुनसक्ने अड्कल पनि गरिएको छ।

प्रत्यक्ष रूपमा वा युद्धमा भाग लिनु बाहेक, अमेरिकाले प्राय: प्रोक्सी युद्धहरूको समर्थनमार्फत् अन्य देशहरूको आन्तरिक मामिलामा प्रत्यक्ष वा अप्रत्यक्ष माध्यमबाट हस्तक्षेप गर्ने, अन्य देशहरूको गृहयुद्धलाई उक्साउने, हतियार र गोली उपलब्ध गराउने र सरकार विरोधीहरूलाई प्रशिक्षण दिने कुरा गरिरहेको छ। ती कदमहरूबाट सम्बद्ध देशहरूको सामाजिक स्थिरता, सार्वजनिक सुरक्षा र स्वस्थ आर्थिक विकासमा गम्भीर रूपमा नोक्सान पुर्‍याइदिएको छ। “विश्वको सबैभन्दा ठूलो अराजकताको स्रोत”, अमेरिका नै हो। यस्तो नाम अमेरिकाको लागि एकदमै सुहाउँछ!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै