३० फागुन , काठमाडौं । काठमाडौको जितपुर माध्यमिक विधालयमा बिगत केहि साल देखी प्रधानाध्यापक रहि आएका राजेन्द्र ज्ञवाली आजबाट यस विधालयबाट बिदाई भएका छन् ।

काठमाडौंको उत्तरी भेगमा रहेको २८ वर्षदेखि काठमाण्डौ तार्केश्वर नगरपालिका-३, जितपुरफेदीमा अवस्थित जितपुर माध्यमिक विद्यालयमा शिक्षण गर्दै मिति २०७६।०१।०२ देखि प्रधानाध्यापक जस्तो गरिमामय पदमा रही जितपुर विद्यालयको प्रगति मार्ग कोर्न सफल बनेका राजेन्द्र ज्ञवाली आज स्कुलबाट बिदाई भएका हुन् ।

बिदा भए लगतै २०७९।११।३० गते सरुवा भई काठमाण्डौ जिल्ला चन्द्रागिरी नगरपालिका वडा नम्बर १० स्थित श्री भैरवनाथ आधारभूत विद्यालय गएको जानकारी न्युज24ग्यालक्सीलाई आएको छ ।
जितपुर विधालयका व्यवस्थापन समितिका अनुसार ”विद्यालय तथा समग्र काठमाण्डौको उत्तर भेगमा शिक्षाको ज्वोति छर्न सफल कुशल प्रशासक, मृदुभाषी, मिलनसार, बहुप्रतिभामुखी र असल शिक्षकको साथ रहेर गरेका कामहरु सदैव स्मरण योग्य रहनेछन् ।´´ स्कुलबाट बिदाई भई जाने क्रममा सम्पुर्ण छात्रा छात्रहरुले बधाई तथा सफलताको शुभकामना दिदै बिदाई गरेका हुन् ।







