Comments Add Comment

Advertisment

SKIP THIS

विदेशबाट भन्सार छलि ल्याएको सुन बरामद

१४ मंसिर काठमाडौ । विदेशबाट फर्किनेहरूले ल्याएको बाला आकारको सुन विमानस्थलमा भन्सारका कर्मचारीले बरामद गरेका छन् ।

सोमबार खाडी मुलुकबाट फर्किनेहरूले बालाको स्वरूप बनाएर ल्याएका २१ किलो सुन भन्सार कर्मचारीले बरामद गरेका हुन् ।

काँचो सुनलाई बाला आकारमा बनाएर ल्याएको हुनाले ४ सय १५ जनाको साथबाट २१ किलो सुन बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले बताए । उनले भने–काँचो सुन ल्याएको हुनाले महसुल तिराएर मात्र सुन फिर्ता दिएका छौँ, १ सय ९५ जनाले राजस्व तिरेर आफ्नो सुन लानुभएको छ ।

‘धेरै यात्रुले अरूको सुन बोकेर आउँदा रहेछन् त्यो नल्याउनुस् भनेका छौँ प्रमुख भन्सार प्रशासक भट्टराई भन्छन्–‘सुनको तार काटेर गोलो बनाएर काँचो सुन ल्याउन पाइदैन् ।

विमानस्थल भन्सार कार्यालयले नेपाली स्वरूपमा बनाएको गहना ल्याउन भने रोक लगाएको छैन । ५० ग्रामसम्मको गहनामा भन्सार शुल्क लाग्दैन । ५० ग्रामभन्दा माथि थप २ सय ग्रामसम्म भन्सार महसुल तिरेर गहना ल्याउन पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

तोलामा २०० ले घट्यो, सुनको मूल्य

आज सुनको मूल्य हालसम्मकै उच्च

सुन र चाँदीको भाउ घट्यो