Comments Add Comment

Advertisment

SKIP THIS

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेको छ कारोबार ?

३० साउन , काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

मंगलबार प्रतितोला दुई हजार एक सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज प्रतितोला तीन सय रूपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १७ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १७ सय ४० रूपैयाँमा कारोबार भएको थियो।

मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ५ रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै