Comments Add Comment

Advertisment

SKIP THIS

सल्यानको कपुरकोटमा पहिरोले ३ घर पुरियो

२१ असोज , काठमाडौ । सल्यानको कपुरकोटमा पहिरोले ३ घर पुरिएका छन् । कपुरकोट गाउँपालिका-५ सल्लाममा तीन घर पहिरोले पुरेको स्थानीयले बताएका छन् ।

देबकली बुढासहित चार परिवारको घर पहिरोले पुरेको जानकारी आएको छ ।इलाका प्रहरी कार्यालय कपुरकोटबाट प्रहरी घटनास्थल पुगेको छ । घटनाको पूरै विवरण आउन बाँकी रहेको छ ।

विहान अन्दाजी आठ बजेको समयमा घरमातिथबाट आएको पहिरोमा परेर तीन घर पुरिएका छन् भने १२ चौपायाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता एवम प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार केशर सिंह रानाको कच्ची घर र गोठ पुरिएको छ भने उनका चार वाख्रा मरेका छन् ।

यस्तै, वीर बहादुर रानाको कच्ची घर पुरिएको छ ।विजयी सिंह बुढाको कच्चि घर गोठ, एउटा भैंसि, दुइ गोरु, दुइ खसी तीन वाख्रा पहिरोमा परेर पुरिएका छन् । हालसम्म मानवीय क्षति भने भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै