Comments Add Comment

Advertisment

SKIP THIS

सिरहामा घाँस काट्न गएकी महिलाको हत्या, दुई जना पक्राउ

२९ मंसिर , काठमाडौँ । सिरहामा एक जना महिलाको हत्या भएको छ। मंगलबार दिउँसो ३ बजे जंगलमा घाँस काट्न गएकी मिर्चौया नगरपालिका–१, मल्हनिया, पिडारी टोलकी अन्दाजी २६ वर्षीया लक्ष्मीनियाँ देवी कापरको हत्या भएको हो।

हत्या आरोपमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुवास बुढाथोकीले जानकारी दिए।

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–२ मल्हनिया टोलका २० वर्षीय राजकुमार महतो कोइरी र सोही नगरपालिका–१ का २० वर्षीय नितेशकुमार रजक रहेका छन्।

                                                                              हत्यामा प्रयाेग भएकाे खुकुरी।

डीएसपी बुढाथोकीका अनुसार कर्जन्हा नगरपालिका वडा नं. १० स्थित अकरहिया जंगलमा घाँस काट्न गएकी कापरको यी दुई युवकले घाँटी र पेटमा खुकुरी प्रहार गरेर हत्या गरेका हुन्।

हत्यापछि फरार युवकरूलाई मधेश प्रहरी कार्यालय, जनकपुरबाट खटिएको तालिमप्राप्त कुकुरसहितको टोलीको सहयोगमा जिल्ला प्रहरी कार्यालय सिरहा तथा इलाका प्रहरी कार्यालाय मिर्चैयाबाट खटिएको प्रहरी टोलिले हत्यामा प्रयोग भएको खुकुरीसहित पक्राउ गरेको हो।

उनीहरूविरुद्ध सिरहा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिन म्याद थप गरेर म्याद इलाका प्रहरी कार्यालय मिर्चैयाबाट अनुसन्धान भइरहको डीएसपी बुढाथोकीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment