२२ असोज , काठमाडौ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जापान पठाउने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा घर भएर काठमाडौं बस्ने २८ वर्षीय पारस कार्की रहेका छन् । उनले जापान पठाउँछु भनेर दुई जनासँग २ लाख २५ हजार रकम असुलेर सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ।
उनलाई शंखमुलबाट पक्राउ गरेर कानुनी कारबाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।







