महिला टी–२० : जापानलाई हराउँदै नेपाल तेस्रो -
Comments Add Comment

महिला टी–२० : जापानलाई हराउँदै नेपाल तेस्रो

३ मंसिर , काठमाडौ । चार देश सम्मिलित महिला टी–२० सिरिजमा नेपाल तेस्रो भएको छ । हङकङमा आज भएको खेलमा जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो भएको हो ।

नेपालले जितका लागि दिएको ११६ रनको लक्ष्य पछ्याएको जापान निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रनमा समेटियो । जापानकी अकारी निशीमुराले सर्वाधिक २९ रन बनाइन् । यस्तै, हिनासी गोटोले १६ तथा अहिल्या चन्डेलले ११ रन बनाए ।

नेपालकी संगीता राई, सीता रानामगर, इन्दु बर्मा, खुशी डंगोल र सोनि पाख्रिनले एक–एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ११५ रन बनाएको थियो ।

नेपालकी पूजा महतोले सर्वाधिक ४३ रन जोडिन् । यस्तै, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ तथा इन्दु बर्माले १२ रन बनाए । जापानकी अहिल्या चन्डेल, एरिका र अयुमी फुजिकावाले एक–एक विकेट लिए ।

सिरिजअन्तर्गत तान्जानिया र हङकङले उपाधिका लागि आज खेल्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment