५ कार्तिक , काठमाडौ । पछिल्लो समय युवतीको सुन्दरतालाई दुरुपयोग गर्दै ‘ब्ल्याकमेल’ गरी पैसा असुल्ने गिरोह सक्रिय भएको पाइएको छ । युवतीको सुन्दरता र शरीर प्रयोग गरेर गरिने यस्तो अपराधलाई ‘हनि ट्रयाप’ भनेर चिनिन्छ ।

धेरै बर्ष यता मानिसहरु फसाउने प्रबृत्ति बढेको छ । अझै खास गरि जापानमा नेपालीहरु यसको शिकार भएका छन । जापान यस्तो देश हो जहाँ ए आई को सायताले नर्मल फोटो, भिडियोलाई अस्लित सम्म बनाईदिन्छन् ।

जापान सरकारले कुनै समय भनेको पनि थियो अन्जान ब्यक्तिसङ्ग नजिक नहुनु ,एक्लै भेट्न नजानु , अझै सकिन्छ भने काम लगाउने बाहानामा धेरैलाई यौन क्रियाकलाप समेत बढेको छ यस्ता व्यक्तीहरु सङ्ग टाढा रहनु राम्रो हुन्छ । अझ खास गरि पढ्न गएका केटाकेटीहरुलाई काम लागाउछु भन्दै धेरै नेपालिले नपालीलाई फसाएको पाईन्छ ।

पल्छिलो समयमा ए आई मार्फत केटाले केटीलाइ र केटीले केटालाइ भिडियो कल गरको बनाउदै नाङ्गा तस्बिर र भिडियो बनाउने जमानाले गर्दा यता नेपालमा परिवारमा समेत नराम्रो हल्ला फैलाउने प्रबृत्ति झन बढदै गएको पाईन्छ । यस्ता घटनाले धेरै नेपालिहरु डिप्रेसको शिकार समेत भएका छन् । अझ यता फोटो भिडियो बनाउने गरेर परिवारमा पठाउछु भन्दै Black Mail समेत गरेको पाईन्छ । कोहि पैसाका लागि त कोहि यौनको चाहाना पूरा गर्न यस्तो हर्कत गरेको पाईन्छ ।

पैसा कमाउन केही युवती स्वयम र केहीको सुन्दरतालाई उनका नजिकका पुरुषले हतियार बनाइरहेको बताउँछन् । उनकाअनुसार केही युवती केटाहरुलाई फेसबुक, फोन, म्यासेन्जर वा भाइबरमार्फत विभिन्न प्रलोभन तथा मीठा-मीठा कुरा गरेर फसाउने गर्छन् ।

‘पछिल्लो समय केही युवती या युवकलेले आफ्नो सुन्दरता प्रदर्शन गर्दै माया गर्छु भनेर सम्बन्ध विस्तार गर्ने अनि माया गरे जस्तो देखाउने, अँगालो हाल्ने, चुम्बन गर्ने जस्ता क्रियाकलाप गर्छन् र त्यसलाई रेकर्ड बनाएर अन्त्यमा उनीहरुसँग नै पैसाका लागि ब्ल्याकमेल गर्छन् ।’ हनि ट्रयाप’ को मुख्य उद्देश्य भनेको सम्पत्ति जोड्नु र पैसा कमाउनु नै देखिएको छ ।

तर समयको चक्रव्युमा सोयम अनैतिक काम गर्ने व्यक्ती आफै प्रहरीको कटघहरामामा समेत पुगेर जन्म कैदका सजाय भोगेर बसेका छन् साना कुरा गल्ती गर्नाले अरुको फोटो भिडियो ए आई मार्फत बनाउने प्रबृत्तिले धेरै नेपालिको परिवारसङ्ग टाडिनु पर्ने अवस्था छ ।  परिवारमा ए आई भन्ने भन्ने के हो थाहा नहुदा बिवाहित महिला पुरुषहरु अहिले धेरै नेपालीसमाजमा नराम्रो हुन बाध्य भएका छन् ।

हामी नेपालिले के बुझ्न जरुरी छ भने आफ्ना सन्तान या बुढा बुढी कोहि बिदेशी मुलुकमा हुनुहुन्छ भने यस्तो भएको हुन सक्छ तेसैले सत्यता बुझौ । कतै आफ्नो बुढा या बुढी , छोराछोरी ए आई को शिकार त बनेका छैनन बुझ्न जरुरी छ ।

यदि यस्तो छ भने यस्तो काम गर्ने व्यक्ति पत्ता लगाई कानुनी कारबाहि गर्न जरुरी हुन्छ । कमजोरले होईन दरिलो र बलियो भएर आफ्ना परिवारलाई साथ दिउ ।