Comments Add Comment

Advertisment

SKIP THIS

दाङ प्रहरीले राजपुरमा अवैधानिक रुपमा गिट्टी,बालुवा उत्खनन गर्ने २ वटा ट्याक्टर पक्राउ

२१ माघ , काठमाडौ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ गहिरा बेलाको राप्ती नदी घाटबाट अवैधानिक रुपमा गिट्टी,बालुवा उत्खनन गर्ने दुई ट्याक्टर पक्राउ परेका छन् ।

शुक्रबार दिउँसो ४ : ०० बजेको समयमा राप्ती नदी घाटमा अवैधानिक रुपमा धमाधम गिट्टी,बालुवा उत्खनन भइरहेको भन्ने विशेष सुराकीको आधारमा बेला प्रहरी चौकीका इन्चार्ज ( सई ) रकम बहादुर खड्काको नेतृत्वमा पुगेको टोलीले उक्त दुई वटा ट्याक्टर पक्राउ गरेको हो ।

त्यस्तै पक्राउ पर्ने ट्याक्टरहरु राजपुर गाउँपालिका वडा नम्बर २ बेलाका राजेन्द्र यादवको लु ४ त ४२६२ नम्बर ट्याक्टर र गढवा गाउँपालिका वडा नम्बर ७ चन्दनपुरका राम नरेश यादवको लु ३ त ८८३७ नम्बर ट्याक्टरले बालुवा र मिष्कट उत्खनन गरिरहेको समयमा पक्राउ परेका हुन् ।

यसैगरी उक्त पक्राउ परेका ट्याक्टरहरुलाई आवश्यक कार्वाहीको लागि स्थानीय सरकार राजपुर गाउँपालिकालाई पत्राचार गरि बुझाइने जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता (डिएसपी) राजन कुमार गौतमले जानकारी दिनु भयो ।

त्यस्तै यता राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले जिल्ला समन्वय समिति दाङको निर्णय अनुसार गाउँपालिकाले कार्यवाही गर्ने बताउनु भएको छ । अवैधानिक रुपमा उत्खनन गर्ने कुनै पनि साधनहरु प्रहरीले पक्राउ गरि गाउँपालिकालाई कार्वाहीको लागि पत्राचार गरेको खण्डमा गाउँपालिकाले जिल्ला समन्वय समितिको निर्णय अनुसार प्रति ट्याक्टर २० हजार रुपैयाँ जरिवाना काटेर छाडिने भएको हुँदा सोही आधारमा कार्यवाहक गरेर छाडिने जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै