Comments Add Comment

Advertisment

SKIP THIS

थप १०४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

२६ भाद्र , काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ५ सय ९२ पिसिआर परीक्षणका क्रममा ८९ जना र १ हजार ९ सय ९५ एन्टीजेन परीक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २ सय १ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २ हजार ३ सय १६ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment