काठमाडौं : दिउँसै चोरी गर्ने चार जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा झापा घर भई लगनखेल बस्ने २० वर्षीय सन्देश नेपाली, कास्की घर भई क्षेत्रपाटी बस्ने २६ वर्षीय अनिश पौडेल, नुवाकोट घर भई क्षेत्रपाटी बस्ने ४१ वर्षीय ज्ञानबहादुर विश्वकर्मा र काठमाडौंको महाराजगन्ञ बस्ने ३० वर्षीय राजकुमार विश्वकर्मा छन्।
पक्राउ परेका उनीहरूलाई थप कारबाहीको लागि प्रहरी परिसर ललितपुर पठाइएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए।
उनीहरूको साथबाट १ लाख ३४ हजार ३ सय नगद र ४ तोला ३८ लाल सुन बरामद गरिएको छ। उनीहरूले गत पुस २० गते ललितपुरको मंगलबजारस्थित रामबहादुर नेपालीको घरमा दिउँसै चोरी गरेका थिए। उनको घरबाट करिब ४ तोला ८० लाल सुन चोरी भएको थियो।





