Comments Add Comment

Advertisment

SKIP THIS

२४ दिनमा सकियो फिल्म ‘बुलाकी’

२२ मंसिर काठमाडौ । फिल्म ‘बुलाकी’ को छायाँकन सकिएको छ । सुटिङ सुरु भएको २४ औं दिनमा फिल्मको छायाँकन सकिएको हो ।

फिल्मका निर्देशक लक्ष्मण सुनार हुन् । फिल्मको दुई गीत छायांकन बाँकी राखेर निर्माण युनिट डोल्पाबाट काठमाडौं फर्किएको हो । बाँकी रहेको गीतको छायांकन पुसपछि गर्ने निर्देशक सुनारले जानकारी दिए । फिल्मको दृश्य सम्पूर्ण दृश्यको छायांकन डोल्पामै भएको छ ।

सुरक्षा पन्त, नरेन खड्का, विराज बिष्ट, प्रकाश कँडेल, सरस्वती खत्रीको मुख्य भूमिका रहेको फिल्म मोती विष्टको प्रस्तुति र गोपाल विष्टको निर्माणमा बनेको हो । निर्देशक सुनार स्वयंको लेखन र सौगात कँडेल सह–निर्माता रहेको फिल्म शिव ढकालले खिचेका हुन् ।

नेपाली समाजमा बिद्यामान जारी प्रथा कथाको रुपमा उठाएको फिल्ममा रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाई, धनबहादुर राई, कमल गाउँलेको पनि अभिनय देख्न पाइन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment