Comments Add Comment

Advertisment

SKIP THIS

आर्यन सिग्देलको प्रष्टीकरण : निखिल र विराजसँग दुश्मनी छैन

१५ पुष , काठमाडौं । अभिनेता आर्यन सिग्देल आफ्नो पछिल्लो फिल्म ‘डिसेम्बर फल्स’लाई लिएर चर्चामा छन् । यतिबेला उनलाई अर्को एक खबरले चर्चा र हैरानी दुवै दिएको छ ।

अभिनेताद्वय निखिल उप्रेती र विराज भट्टसँग दुश्मनी भएको भन्ने गसिपलाई लिएर आर्यनलाई हैरानी भएको हो । उनले सामाजिक सञ्जालबाट यसको प्रष्टीकरण पनि दिएका छन् ।

‘विराज र निखिलसँग मेरो दुश्मनी पनि छैन र हुने पनि छैन,’ आर्यन लेख्छन्, ‘मैले न त निखिलभन्दा विराज भट्ट निकै ठूलो स्टार हो भन्न खोजेको थिएँ न निखिल उप्रेती विराज भट्टभन्दा नै ।’

आर्यनले दुवै अभिनेतालाई घरेलु फिल्मका एक्सन किङ भएको लेखेका छन् । ‘दुवै नेपाली सिनेमाका एक्सन किङ हुन् । उनीहरू दुवैको नेपाली सिनेमा क्षेत्रमा निकै नै ठूलो योगदान छ । जुन हामी सबैलाई अवगत नै छ,’ उनी लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै