Comments Add Comment

Advertisment

SKIP THIS

शो नपाएपछि ‘बुलाकी’ २ दिनमै हलबाट निकालियाे

३ वैशाख , काठमाडौ । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बुलाकी’लाई निर्माण टिमले हलबाट निकाल्ने घोषणा गरेको छ ।

कलाकार तथा निर्माता विराज विष्टले दर्शकबाट राम्रो प्रतिक्रिया पाए पनि घेराबन्दीमा पारेर निर्माता डुबाउने खेल गरिएको भन्दै फिल्मलाई हलबाट निकाल्ने निर्णय गरिएको जानकारी दिएका छन् ।

उनकाअनुसार आइतबारदेखि नै फिल्मलाई हलबाट फिर्ता लिने निर्णय निर्माण पक्षले गरेको हो । उनले फिल्मलाई हलबाट निकाल्नुका ६ कारण पनि उल्लेख गरेका छन् ।

दर्शकको राम्रो प्रतिक्रिया हुँदाहुँदै चलचित्रलाई हल व्यावसायीले गरेको अपहेलना, प्राप्त सबै शोज अफटाइममा, मोफसलका मुख्य स्टेशनमा १ शो पनि उपलब्ध नगराएको, प्रायः सबै शोज बिहान मात्रै दिएको, दोस्रो दिनबाटै ७०५ शो कटौती गरेको र अग्रिम बुकिङमै न्यून शोज उपलब्ध गराएको आरोप उनले लगाएका छन् ।

उनले अब फिल्मलाई हलबाट निकालेर प्रोजेक्टरबाट चोकचौतारामा देखाउने समेत घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

२४ दिनमा सकियो फिल्म ‘बुलाकी’

Advertisment

छुटाउनुभयो कि? सबै

२४ दिनमा सकियो फिल्म ‘बुलाकी’