Comments Add Comment

Advertisment

SKIP THIS

चलचित्र ‘बुलाकी’ को प्रदर्शन रोकिने

३ वैशाख ,काठमाडौ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बुलाकी’को प्रदर्शन रोकिने भएको छ । सोमबारदेखि पूर्णरूपमा सो चलचित्रको प्रदर्शन रोकिने बताइएको छ ।

चलचित्र भवन सञ्चालकले अपहेलना गरेको, प्राप्त शो अफटाइममा दिएको, प्रदर्शनको दोस्रो दिनदेखि नै ७० प्रतिशत कटौती गरेकोलगायत कारण देखाउँदै सो चलचित्रका निर्माता तथा कलाकार विराज विष्टले प्रदर्शन निरन्तर गर्न नसकिने जानकारी दिए ।

“बाँडफाँडमै समान व्यावहार भएन । सार्वजनिक प्रचार सामग्रीलाई बेवास्ता गर्दै हामीलाई सङ्ख्यामार्फत नै निरुत्साहित गर्ने काम भयो”, उनले भने, “दर्शकको माग बमोजिम अब प्रोजेक्टरमार्फत चलचित्र प्रदर्शन गर्नेछौँ ।” आउँदा दिनमा पनि नेपालीपन बोकेको कथालाई दर्शकसम्म ल्याउने उनको भनाइ छ ।

लक्ष्मण सुनारको निर्देशन रहेको चलचित्र ‘बुलाकी’मा निर्माता विष्टसँगै सुरक्षा पन्त, नरेन खड्का, लक्ष्मी गिरीलगायतले अभिनय गरेका छन् ।

चलचित्र वितरण कम्पनी एफडीका अध्यक्ष छविराज ओझाले निर्माताले चलचित्र प्रदर्शन रोक्ने निर्णय गरेको जानकारी दिए । “निर्मातामार्फत आएको जानकारीलाई हामीले चलचित्र भवन सञ्चालकसम्म पुर्याइसकेका छौँ । टिकट बिक्री नभएका शो रोकिसकेका छन् । टिकट बिक्री भएका शो भने आज रोकिँदैनन्”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै

आजदेखि चलचित्र ‘परस्त्री’ प्रदर्शन

‘चलचित्रले बजार पाए दर्शक पाउँछ’

२४ दिनमा सकियो फिल्म ‘बुलाकी’