Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल डि.एल.ए.को महाधिवेशन माघ २१ र २२ मा हुने

२६ मंसिर काठमाडौ । प्रजातन्त्रवादी वकिलहरुको सस्था नेपाल डेमोक्रेटिक लयर्स एशोसियसनको ११ औं महाधिवेशन आगामी माघ २१ र २२ गते हुने भएको छ ।

एशोसियसनको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन गर्नका लागि सो मिति तोकेको हो । नेपाल डि.एल.ए. को ११ औं महाधिवेशनको मिति एशोसियसनका सम्पुर्ण ईकाइहरु, प्रदेश समितिहरु, पधादिकारी तथा आवद्ध सम्पुर्ण सदस्यहरुलाई जानकारी गराइसकेको एशोसियसनका केन्द्रिय सदस्य कीर्तिनाथ शर्मा पौडलले बताए ।

११ औं महाधिवेशनको महाधिवेशन स्थल एशोसियसनका शाखाइकाईहरु सँग समन्वय गरेर घोषणा गरिने शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment