Comments Add Comment

Advertisment

SKIP THIS

नेपालटार देखी साङ्ला जोड्ने सडक ६ महिना नपुग्दै भत्कियो,फिल्डमा उत्रिएका मर्हजनले नदेख्दा स्थानीय आक्रोशित

तारकेश्वर नगरपालिका अन्तर्गत नेपालटारदेखि साङ्ला जाने पिच सडक निर्माण भएको छ महिना नपुग्दै भत्किन सुरु भएको छ। यसले स्थानीयवासीलाई गम्भीर समस्यामा पारेको छ।

सडक पिच गर्ने क्रममा नगर प्रमुख कृष्णहरि महर्जन स्वयं फिल्डमा उपस्थित भएर कामको अनुगमन गरेका थिए। तर हाल आएर उक्त बाटो ठाउँ–ठाउँमा चिरा परेका छन् र भत्कन थालेको स्थानीयवासीको गुनासो छ। उनीहरूले अझै एक महिनाभित्र सडक हिँड्नै नसक्ने अवस्थामा पुग्ने दाबी गरेका छन्। वर्षा याम नजिकिँदै गर्दा सडक हिलाम्य हुने र आवतजावतमा समस्या थपिने चिन्ता समेत स्थानीयले व्यक्त गरेका छन्।

सडक निर्माणका क्रममा मेयर महर्जनले “एक वर्ष नटिकेमा ठेकेदार कम्पनीले फेरि नयाँ गरेर पिच गर्ने” प्रतिबद्धता व्यक्त गरेका थिए। अब सो प्रतिबद्धता कार्यान्वयन हुने कि नहुने भन्ने प्रश्नमा स्थानीयले नगरपालिकाको कदमप्रति नजर राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै