Comments Add Comment

Advertisment

SKIP THIS

तेस्रो कौसी क्वीन आयोजना हुने

२० साउन , काठमाडौं । ‘तेस्रो कौसी क्वीन–२०७९’ आयोजना हुने भएको छ । कौसी खेती प्रवद्र्धनका लागि आयोजना गरिने सो कार्यक्रमका लाग आवेदन खुल्ला गरिएको आयोजक संस्थाका अध्यक्ष मनोज श्रेष्ठले बताए ।

प्रतियोगितामा भाग लिनका लागि भदौ १० गतेसम्म १० मिनेटसम्मको भिडियो (परिचयात्मक) र १० वटा वर्किङ फोटो पठाउनु पर्ने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट विजेताले छतमा राख्न मिल्ने जीआई पाइप प्रयोग गरी तयार गरिएको एक लाख ५० हजार बराबरको टनेल निर्माण गरिने अध्यक्ष श्रेष्ठले बताए ।

त्यस्तै, फस्ट रनरअपलाई एक लाख तथा सेकेन्ड रनरअपलाई ७५ हजार, थर्ड रनरअपलाई ५० हजार बराबरको कौसीमा ग्रीन हाउस निर्माण गरिने बताइएको छ । त्यसैगरी सहभागीहरुले एक हजार बराबरको कौसी खेतीका सामाग्री पनि पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै