हिमालयन बैंकले सञ्चालनमा ल्यायो क्यास डिपोजिट मेसिन -
Comments Add Comment

हिमालयन बैंकले सञ्चालनमा ल्यायो क्यास डिपोजिट मेसिन

३ आश्विन , काठमाडौं । हिमालयन बैंक लिमिटेडले न्युरोड शाखामा क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । बैंकले कुनै पनि समयमा कुनै झन्झटविना नै खातामा रकम जम्मा गर्न तथा झिक्न सक्ने प्रविधिको क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको हो ।

उक्त मेसिनबाट रकम जम्मा गर्दा एटिएम कार्डविना नै सीधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिने जनाएको छ । मेसिनबाट जम्मा गरिएको रकम तत्कालै खातामा जम्मा हुने हुनाले खातावालाले तुरुन्तै कारोबार गर्न सक्ने जनाइएको छ ।

यो सुविधाले बैंकका ग्राहकलाई बैंकिङ कारोबारको समय अघि–पछि पनि थप सुविधा मिल्ने बैंकले विश्वास व्यक्त गरेको छ । हाल बैंकले देशभरमा ७४ शाखा, पाँच विस्तारित काउन्टर, एक सय ५४ एटिएम र ६ हजारभन्दा बढी पिओएस टर्मिनलबाट सेवा दिँदै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै