Comments Add Comment

Advertisment

SKIP THIS

एकीकृत समाजवादीको महाधिवेशन आजबाट

१६ असार, काठमाडौ । नेकपा (एकीकृत समाजवादी) को दशौँ महाधिवेशन आजबाट सुरु हुँदैछ ।

महाधिवेशन काठमाडौंको प्रज्ञा भवनमा हुन लागेको हो । त्यसअघि बिहान ११ बजे भृकुटीमण्डपमा भेला भई र्‍याली निकालिने कार्यक्रम रहेको बताइएको छ ।

नेकपा एमालेबाट विभाजन भएको तीन वर्ष नपुग्दै महाधिवेशन गर्न लागेको हो । महाधिवेशन यही असार २० गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment