
२३ असार , काठमाडौ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो ।
बैठकमा महाधिवेशन समीक्षा, केन्द्रीय कमिटीका बाँकी सदस्य गठन, पदाधिकारी छनोटबारे छलफल हुनेछ । साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
शनिबार बसेको बैठकले महाधिवेशनबाट पार्टीलाई थप ऊर्जा प्राप्त भएको निष्कर्ष निकालेको थियो । केही नेतालाई प्रदेश प्रमुखको जिम्मेवारी तोक्न खोज्दा विवाद भएपछि बैठक स्थगन गरिएको थियो ।
भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर नेताहरूको क्षमताका आधारमा आवश्यक पदमा मनोनित गरिने विषयमा समेत आजको बैठकमा छलफल गरिने बताइएको छ ।
शुक्रबार सम्पन्न महाधिवेशनले अध्यक्ष, सम्मानित नेता, महासचिव सहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो ।