Comments Add Comment

Advertisment

SKIP THIS

प्रदेश १ सभाको अन्तिम बैठक आज

१७ भदौ , काठमाडौ । प्रदेश १ सभाको अन्तिम बैठक आज बस्दै छ । आजको बैठकपछि प्रदेशसभाको चालु बजेट अधिवेशन राति १२ बजेदेखि अन्त्य हुने छ ।

असोज १ गतेबाट प्रदेशसभाको म्याद समाप्त हुने भएकाले यो नै प्रदेशसभाको ५ वर्षे कार्यकालको अन्तिम बैठक हुने छ । प्रदेश प्रमुख पर्शुराम खापुङले अभिवेशन अन्त्य भएको विज्ञप्तिमार्फत जानकारी गराएपछि सभामुख प्रदिपकुमार भण्डारीले दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाएका हुन् ।

प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ माथिको प्रतिवेदन सभामा पेस गर्ने, उक्त समितिले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस गर्ने आजको कार्यसूची छ । यस्तै, पर्यटनमन्त्री खिनु लङ्वा लिम्बूले उक्त विधेयक पारित गरियोस भन्ने प्रस्ताव सभामा पेस गर्ने छन् ।

त्यसपछि सभामुख भण्डारीले अधिवेशन अन्त्य भएको प्रदेश प्रमुख खापुङले पठाएको पत्र सभामा पढेर सुनाउने कार्यसूची रहेको पराजुलीले बताए । प्रदेशको नामकरणै नगरी प्रदेशसभाको कार्यकाल सकिन लागेको छ ।

प्रदेशसभाले कार्यकालभरिमा प्रदेशको राजधानी विराटनगर तोक्नुका साथै प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसहित ६२ वटा विधेयक पारित गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment