Comments Add Comment

Advertisment

SKIP THIS

मोटरसाइकल सिक्ने क्रममा अष्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु

१९ चैत , काठमाडौं । अष्ट्रेलियाको तस्मानियामा मोटरसाइकल सिक्ने क्रममा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

तास्मानियाको लन्चेस्टरमा मोटरसाइकलको लाइसेन्सको परीक्षाका लागि तयारी गर्ने क्रममा कारसँग ठोक्किएर दुर्घटना हुँदा ललितपुर गोदावरीका सशान्त सिग्देलको मृत्यु भएको एनआरएनए तास्मानियाका संयोजक राकेश शाक्यले जानकारी दिए।

त्यहाँको प्रहरीले दिएको जानकारी अनुसार बुधबार दिउँसो २ बजेर ४० मिनेटमा दुर्घटना भएको हो। सशान्तको शव नेपाल पठाउने वा अष्ट्रेलियामै अन्त्यष्टि गर्ने भन्नेबारे परिवारसँग छलफल भइरहेको शाक्यले बताए ।

सशान्त सन् २०१८ मा मेलवर्नको फेडेरेसन विश्वविद्यालयमा अकाउन्ट पढ्न गएका थिए । पिआरका लागि सशान्त मेलबर्नबाट सन् २०२० मा तास्मानिया बसाइ सरेका थिए ।

दुइ महिना अघि पनि मोटरसाइकल दुर्घटनामा सिड्नीमा एक नेपाली विद्यार्थीको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै