Comments Add Comment

Advertisment

SKIP THIS

भैँसीले हान्दा बाघ मर्‍यो

६ भदौ , काठमाडौ । मकवानपुरको मनहरीमा भैँसीले बाघ मारेको छ ।

बिहीबार बिहान सवा ३ बजे मनहरी गाउँपालिका ६ प्रतापपुरस्थित बलबहादुर राईको गोठमा बाघ मृत भेटिएको हो ।

बाघले आक्रमण गरी गोठमा रहेको भैँसीलाई पनि घाइते बनाएको छ । घटनाको प्रकृति हेर्दा बाघ बुढो रहेको र भैँसीले हान्दा मृत्यु भएको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मरेको बाघ चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सेक्टर सौराहा ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले लिएर गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

भैंसी पालेरै महिनामा चार लाख आम्दानी

Advertisment

छुटाउनुभयो कि? सबै

भैंसी पालेरै महिनामा चार लाख आम्दानी