Comments Add Comment

भैंसी पालेरै महिनामा चार लाख आम्दानी

२२ मंसिर काठमाडौ । दुई वर्षअघि मलेसियाबाट फर्केका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-४ का तीन युवाले सुरू गरेको भैंसीपालन व्यवसाय अहिले जिल्ला मै उदाहरणीय बनेकाे छ । याे व्यवसायबाट उनीहरूले मनग्य आम्दानी मात्रै गरीरहेका छैनन् जिल्लाका युवाहरूकाे आइडल पनि बनेका छन् ।

कुमार सापकोटा, माधवराज सापकोटा, टोपनाथ सापकोटाले सुरू गरेकाे भैंसी पालनबाट आकर्षित भएर साँगाचाेकगढीका अरु युवा पनि अहिले भैंसीपालन गर्न थालेका छन् । उनीहरूले करिब ५५ लाखमा सुरू गरेको भैंसीपालनबाट अहिले माहिना मै साढे ४ लाखसम्म आम्दानी गरिरहेका छन् ।

सिन्धु–कुभिण्डे कृषि फर्म खडा गरेर उनीहरूले ११ वटा भैंसीबाट व्यवसाय सुरु गरेको बताए । अहिले २१ वटा भैंसी र १७ वटा पाडापाडी रहेकाे फर्म सञ्चालक कुमार सापकोटाले बताए ।

उनले भने, ‘अहिले व्यवसायिक रूपमा भैंसीपालन सुरू गरेपछि उत्पादित दूधको माग बढिरहेको छ तर भैंसीलाई दिने घाँस, दानाको महङ्गी बढेअनुसार दूधको भाउ नहुँदा दुःख लाग्छ, मल धेरै हुने भएकाले भैंसी पालनसँगै थोरै मात्रामा तरकारी पनि लगाएका छौँं ।’ दूध प्रतिलिटर सय रुपैयाँमा बिक्री गर्ने गरेकाे उनले बताए ।

पार्टनरसीपकै साथीहरूको जग्गामा भैंसी फर्म छ भने फर्मको नाममा भएको करिब ३६ रोपनी जग्गामा भैंसीका लागि आवश्यक पर्ने घाँस लगाएको छ । गोठमा निस्केको मलमुत्रलाई सदुपयोग गर्न मौसमअनुसारको तरकारी खेती गरेकाे उनकाे भनाइ छ । सो मलमुत्र घाँस र तरकारीमा हाल्ने गरेका छन् ।

उत्पादित दूध जिल्ला सदरमुकाम चौतारा बजारमा लगेर बिक्री गर्ने गरेकाे उनीहरूकाे भनाइ छ । करिब एक लाख ५० हजार हाराहारीमा खरिद गरेको भैंसीले दैनिक १४ लिटरसम्म दूध दिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

भैँसीले हान्दा बाघ मर्‍यो

माओवादी ऋणमा : आम्दानी भन्दा खर्च धेरै

सटर फोडेर १० लाखभन्दा बढीको चोरी

Advertisment

छुटाउनुभयो कि? सबै