Comments Add Comment

Advertisment

SKIP THIS

भक्तपुर पलासेमा भू-माफियाको आतंक स्वीकृतिविनै पाखो र खोल्सा पुरेर अवैध प्लटिङ

०२ फाल्गुन , काठमाडौं । भक्तपुर जिल्लामा नियामक निकायबाट स्वीकृति नै नलिइ अनाधिकृत प्लटिङ गरेर घडेरी बिक्री गर्ने परिपाटी हाबी हुँदै गइरहेको छ । घडेरी विकास गर्नै नमिल्ने खालका डाँडापाखा (भित्तो)को जग्गा खोस्रिएर र खोला–खोल्सा पुरेर धमाधम अवैध प्लटिङ भइरहेको भेटिएको छ ।

भक्तपुर सुर्यविनायक नगरपालिका ९ पलाशेमा जग्गा प्लटिङ्गका नाममा अनैतिक र गैरकानुनी धन्दा मच्चिएको छ । सानालाई ऐन, ठुलालाई चैन भने झै किन मौन बसेको छ सरोकारवाला निकाय रु चासोको विषय बनेको छ ।

जग्गा प्लटिङ्गका नाममा खुलेआम लुट धन्दा मच्चिदा पनि सुर्यविनायक नगरपालिका र वडा अध्यक्ष मौन रहेका छन् । मालपोत कार्यलय भक्तपुर र वडाका कर्मचारीहरु समेत मिलेका कारण यस्तो धन्दा अघि बढेको स्थानियहरुको आरोप छ ।

भूमाफियाले अनधिकृत प्लटिङ गर्दा भक्तपुरको विभिन्न ठाउँका हरिया डाँडाहरु फुस्रा देखिन थालेका छन् । मापदण्ड पुरा नभएका त्यस्ता प्लटिङले शहरी वस्तीहरु साँघुरो, अव्यवस्थित र जोखिमपूर्ण भएका छन् । नियामक निकायबाट प्लटिङ स्वीकृति लिँदा बाटो ठूलो बनाउनुपर्ने, ५ प्रतिशत खुला क्षेत्र राख्‍नुपर्ने, वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने, खोल्सा, बढी भिरालो र खेतीयोग्य जमिन प्लटिङ गर्न अनुमति नपाउने हुँदा घरजग्गा कारोबारीहरुले अवैध तरिकाले प्लटिङ गरिरहेको देखिन्छ ।

भक्तपुर जिल्लामा मात्रै ९२ ठाउँमा प्लानिङ परमिट नलिइ अनधिकृत प्लटिङ गरिरहेको भेटिएको छ ।भुमाफियाहरुले सार्वजनिक खोला मिचिरहँदा नगरपालिका र वडाले खासै चासो देखाएको छैन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै