Comments Add Comment

Advertisment

SKIP THIS

सुनसरी प्रहरीले एकै दिनमा २२ जना फरार प्रतिवादीहरु पक्राउ गर्न सफल

सुनसरी । सुनसरी प्रहरीले बुधबार एकै दिन २२ जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीबाट विशेष टोली गठन गरी फरार प्रतिवादीहरु पक्राउ अभियानअन्तर्गत बुधबार एकै दिन २२ जना फरार प्रतिवादीहरु पक्राउ गर्न सफल भएको सुनसरी जिल्ला प्रहरी प्रमुख एसपी प्रभु ढकालले बताएका छन् ।

पक्राउ परेकाहरु अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएका प्रतिवादीहरु रहेको एसपी ढकालले बताए । पक्राउ परेका सबैलाई बुधबार नै अदालतसमक्ष बुझाइएको छ । चालु आर्थिक वर्ष २०७९–८० मा अदालतबाट कैद तथा जरिवाना तोकेका ३ सय ३७ जना विभिन्न मुद्दाका फरार प्रतिवादीहरूलाई पक्राउ गर्न सफल भएको सुनसरी प्रहरी प्रमुख प्रभु ढकालले जानकारी दिए ।

सुनसरी प्रहरीले र फरार प्रतिवादीहरू पक्राउ गर्न विशेष टोली बनाएर अभियान नै चलाइरुहेको ढकालले बताए ।

कुनै अपराधमा संलग्न भएर पक्राउ नपरेका व्यक्तिहरु गाउँघरमा लुकिछिपी बसेको भए तत्काल जानकारी दिन एसपी प्रभु ढकालले सबैमा अनुरोध समेत गरेका छन् ।

‘अपराध गरेर फरार बनेका व्यक्तिका बारेमा सूचना दिनेको परिचय गोप्य राखिने छ,’ एसपीले भने, ‘प्रतिवादीलाई भने पक्राउ गरेर कानूनको दायरामा ल्याइने छ।’ उनले फरार प्रतिवादीहरुलाई पक्राउ गर्दा सामाजमा सकारात्मक सन्देश जानुको साथै फैसला कार्यान्वयनमा समेत सघाउ पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै