अदालतको मुद्दा मिलाइदिन्छु भन्दै २३ लाख ठगी गरेको आरोपमा एक युवक पक्राउ -
Comments Add Comment

अदालतको मुद्दा मिलाइदिन्छु भन्दै २३ लाख ठगी गरेको आरोपमा एक युवक पक्राउ

२५ वैशाख , काठमाडौ । अदालतमा विचाराधीन मुद्दा मिलाइदिन्छु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ घर भएर पेप्सिकोला बस्ने कृष्ण कार्की छन् ।

३७ वर्षीय कार्कीलाई काठमाडौँको सोल्टीमोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले न्युज24ग्यालेक्सीलाई बताए ।

ललितपुर जिल्ला अदालतमा चलिरहेको जग्गा सम्बन्धी मुद्दा मिलाउँछु भनेर उनले धादिङका भरत गुरुङसँग २३ लाख रकम लिएका हुन् । गुरुसँग उनले भनेका थिए, ‘न्यायाधीश लगायत विशिष्ट व्यक्तिहरूसँग मेरो राम्रो सम्बन्ध छ ।’

आरोपीले भन्सार छली मुद्दामा कारागारमा थुनामा रहेको अभियुक्तलाई छुटाउँछु भनेर थप ७ लाख रकम पनि असुलेर फरार भएको एसपी अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment