Comments Add Comment

Advertisment

SKIP THIS

झापाको जामुनखाडीबाट लागुऔषध ब्राउन सुगर सहित प्रहरीले ३ जनालाई पक्राउ

काठमाडौं , झापाको कनकाई नगरपालिका-२ जामुनखाडी सिमसार स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले हिजो बेलुका साढे ८ बजे स्थानीय ४० बर्षीय भानु दाहालको घर कोठा भित्र लागुऔषध सेवन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगबाट खटिएको प्रहरी टोलीले घर कोठा चेकजाँच गर्दा लुकाई राखेको अवस्थामा ५ ग्राम ३ सय मिलिग्राम ब्राउन सुगर, नगद ३४ हजार, ३ थान मोबाईल र ९ प. ९२९६ नम्बरको पल्सर मोटरसाईकल फेला पारे सगै दाहाल, ईलाम माई नगरपालिका-८ का ३९ बर्षीय आश बहादुर लिम्बु र ३२ बर्षीय उमेश राईलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै