सुहाङलाई बधाई दिँदै इलामेली मतदातालाई ओलीको धन्यवाद -
Comments Add Comment

सुहाङलाई बधाई दिँदै इलामेली मतदातालाई ओलीको धन्यवाद

१८ बैशाख, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम- २ मा फराकिलो अन्तरले विजयी भएका एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिएका छन् ।

इलाम- २ मा नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका सुहाङलाई ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । साथै अध्यक्ष ओलीले इमालका मतदातालाई सुहाङलाई विजयी गराएको भन्दै धन्यवाद पनि दिए ।

उनले सुहाङलाई इलाम जाँदा कति मतले जितिन्छ भनेर प्रश्न गर्दा जवाफमा सुहाङले इलामेली जनतालाई सोध्नुपर्छ भनेर भनेको समेत उल्लेख गरेका छन् ।

साथै ओलीले एमालेले नेतृत्वमा युवाहरुलाई अघि सार्दै आएको उल्लेख गर्दै आशालाग्दा युवाहरुलाई अझ अगाडि बढाउँदै जाने प्रतिवद्धता समेत जनाएको छन् ।

उनले लेखेका छन् ,‘ इलाममा सुहाङ,
हार्दिक बधाई !!
इलामका मतदातालाई धन्यवाद !!
मैले अस्ति चुलाचुली पुग्दा सुहाङलाई सोधेको थिएँ – कति भोटले जितिन्छ ?
सुहाङ्ले भन्नु भएको थियो – इलामेली जनतालाई सोध्नु पर्छ।
आज अन्तिम परिणाम आयो – ५८३० मतान्तरले जीत भयो ।
हाम्रो पार्टीले नेतृत्वमा युवाहरुलाई अघि सार्दै आएको छ, आशालाग्दा युवाहरुलाई अझ अगाडि बढाउँदै जाने छ।
फेरि बधाई सबै इलामेलीलाई !!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment