Comments Add Comment

Advertisment

SKIP THIS

महिलाहरूलाई फेसबुक मेसेञ्जरमा भिडिओ कल गर्दै आफ्नो नग्न शरीर देखाउने युवक पक्राउ

२३ साउन , काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत महिलालाई आफ्नो नग्न शरीर एवं अन्य यौनजन्य सामग्री देखाई हैरानी दिएको अभियोगमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कपिलवस्तु बुद्धभूमि नगरपालिका-३ टाँकुका २९ वर्षीय मोहन कुँवर रहेका छन् ।

फेसबुकमा उनले महिलाको नाममा नक्कली अकाउन्ट बनाई विभिन्न व्यक्ति (महिला)लाई फ्रेन्ड रिक्वेस्ट पठाउने र भिडिओ कल गरी आफ्नो नग्न शरीर र यौनजन्य सामग्री प्रदर्शन गरेको पाइएको साइबर ब्यूरोले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गोरुसिङ्गे, कपिलवस्तुको सहयोगमा कुँवरलाई गत बिहीबार पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा आवश्यक अनसुन्धान भइरहेको ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी पशुपतिकुमार रायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment