Comments Add Comment

Advertisment

SKIP THIS

लागुऔषधसहित कञ्चनपुरबाट तीन युवक पक्राउ

२९ जेठ , काठमाडौ । कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ ।

गएराति भीमदत्त नगरपालिका–११ स्थित नेपाल भारत सीमा ७ नम्बर पिल्लर नजिकबाट सशस्त्र प्रहरी सीमा सुरक्षा बलबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोही नगरपालिका–५ सुकासालका २१ वर्षीय सौरव पहरी, २० वर्षीय सुरज सुनार र २१ वर्षीय कोहरिस दमाई पक्राउ परेका हुन् । शंकालागि चेकजाँच गर्दा उनीहरूको साथबाट ०.५१ ग्राम चरेस, ०।.६० ग्राम खैरो हेरोईन र मोबाइल १ थान बरामद गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै